आफ्नो नाम जोडिएको अडिओ छानबिन गर्न माग गर्दै आरजूले दिइन् प्रहरीमा निवेदन

दर्पण दैनिक २७ बैशाख २०८०,१६:५५
post

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न प्रहरी समक्ष निवेदन दिएकी छन् ।

अडियो फेक भएको दाबीसहित उनले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् ।

‘विभिन्न सञ्चार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्’, निवेदनमा उनले भनेकी छन्  ‘उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९