काठमाडौं । ‘घण्टी चोक’ नाम राखेको बोर्ड सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो नगर्न र गरेमा कारबाही गर्ने बताएका छन् ।
ढकालले भनेका छन्, ‘यो गलत हो । जनताले हामीबाट जनताको जीवनस्थर सुधारका लागि रचनात्मक अभ्यासको आशा राखेका छन्, यसरी नाम बदल्ने पूरानो प्रवृत्तिको अपेक्षा गरेका छैनन् । सम्पूर्ण शुभचिन्तकहरूमा सादर अनुरोध , यस्तो नगरिदिनुहोस् । तपाईंको घर नजिकै कोहि पार्टी सदस्यले यस्तो गरेको भए, पार्टीलाई खबर गर्नुहोला, यो अनुशासनात्मक कारवाहिको विषय हो । ०६२÷६३ पछी शालिकहरू भत्काउने, चोकहरूको नाम परिवर्तन गर्ने जस्ता कार्य हिजो पनि हाम्रा लागी आपत्तिजनक थिए र आज हाम्रै नाममा हुनेछ भने पनि त्यो आपत्तिजनक नै रहनेछ ।