महामन्त्री थापाले प्रस्तुत गरेका कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रो बन्छ : दिलेन्द्रप्रसाद बडू

दर्पण दैनिक ९ श्रावण २०८०,१३:२७
post

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रहेको बताए । महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र कार्यक्रम संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले महामन्त्री थापाले प्रस्तुत गरेका कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँग अघि बढ्ने पनि बताए ।

'केन्द्रीय समितिका एजेन्डा सही छन्, व्यवस्थित रूपमा आएको छ । सबै एजेन्डामा सबैले आफ्ना विचार राख्न सक्ने समय भएन, त्यो भएको भए सबै एजेन्डामा सबैको विचार आउँथ्यो । समय सीमित भयो । लाइभ गर्ने कुरा नयाँ भयो । लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन । कुनै केन्द्रीय सदस्यले एजेन्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो,' उनले भने, 'केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत, यो सबैको एजेन्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभई संस्थाको रूपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रूपमा अघि बढ्छ । पार्टीभित्र हाम्रो एकता छ, एकताबद्ध ढंगले जान्छौँ ।' नेता बडूले केन्द्रीय समितिको बैठकमा सबै एजेन्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: