काठमाडौं । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले एक सय ५० भन्दा माथिको सङ्ख्यामा विश्वासको मत पाउने दाबी गरेका हुन् ।
‘विश्वासको मत पाउने कुरामा कुनै शंका छैन । विश्वासको मतको सुनिश्चितता छ । अहिले सरकारमा सहभागी दलहरूको सङ्ख्याको आधारमा पनि पुग्छ । अरू थप नयाँ दलहरूसँग पनि कुरा हुँदैछ । एक सय ५० भन्दा माथिको सङ्ख्यामा यो सरकारले मत पाउँछ,’– उनले भने ।
साथै, कांग्रेस–माओवादी नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा एउटा कानुन बनाउनेबाहेक केही काम गर्न नसकेको उनले टिप्पणी गरे । नेता पोखरेलले अघिल्लो सरकारले विभिन्न आरोपमा मुछिएका मन्त्रीहरूलाई जोगाउने बाहेक कुनै काम नगरेको दाबी गरे । जटिल अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थीहरूको ध्रुवीकरण हुने गरी नयाँ गठबन्धन र सरकार बनाउने निर्णय गरेको उनको भनाइ छ । उनले अहिलेको यथास्थितिलाई तोड्न नयाँ बनेको सरकारले उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।
नेता पोखरेलले संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई पनि स्थान दिइएपनि नियमन प्रणाली कमजोर हुँदा समस्या पैदा भएको बताए । सहकारी समस्याबारे छानबिन गर्न सरकारले खुट्टा नकमाउने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भए पनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने दाबी गरे ।
‘यसमा विभिन्न तहका नेताहरूको पनि हामी कुरा सुनिरहेका छौँ । प्रहरीले यसमा अनुसन्धान गरेको छ । अनुसन्धान अधिकारीहरूले यसमा गम्भीरतापूर्वक छानबिन गरेका छन् । यो सरकारले खुट्टा कमाउने छैन ।’ उनले भने, ‘यो मन्त्रिमण्डलमा रहेका हुन् वा जोसुकै पनि दोषी छन् भने त्यसलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्नेछ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google