'मिटरब्याज सामन्तवादको अवशेष हो, हामी निमिट्यान्न बनाउँछौँ'

दर्पण दैनिक १९ चैत्र २०७९,१४:५०
post

काठमाडौं । उपप्रधान तथा गृहनमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादलाई मूलभूतरुपमा अन्त्य गरे पनि अझै केही अवशेष अझै बाँकी रहेको बताएका छन् । 

'त्यो अवशेषका रुपमा मिटरब्याजीको समस्या रहेको छ । हामी यसलाई निमिट्यान्न बनाउन लागेका छौँ', उनले भने,  'पहिले कार्यदल बनेको थियो । अहिले आयोग बनेको छ । सांसदहरुले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ । मिटरब्याजीको समस्या अब समाधान हुन्छ ।'

उनले पहिले बनेको कार्यदलका सीमा रहेको बताउँदै अहिले बनेको आयोग पूर्णअधिकारसहित रहेको पनि उनले टिप्पणी गरे । 

'सरकारले अब कानुन पनि बनाउँदैछ । फिल्डमै गएर हरेक पीडितको उजुरी लिएर कारबाही गर्छ, ठाउँको ठाउँ कारबाही गर्छ', उनले भने, 'मिटरब्याज सामन्तवादको अवशेष हो, हामी निमिट्यान्न बनाउँछौँ ।'

उनले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मालपोत, नापी कार्याल र मिटरब्याजीपीडितसहिको समन्वय समिति बन्ने पनि बताए । 


'मैलै आफैं मिटरब्याजीपीडितको आन्दोलनको नेतृत्व गरेको थिएँ', उनले भने, 'सर्लाहीमा भएको मिटरब्याजीपीडितको आन्दोलनले केहीले कारबाही पनि भोगे, केहीले जेल पनि भोगेका छन्। यो पटक हामी यो समस्यालाई अन्त्य गर्छौँ ।' 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९