ओली बोलिरहँदा रामहरिको नियमापत्ति

दर्पण दैनिक २२ माघ २०७९,१५:१८
post

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्वोधन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन्। ​ आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सम्बोधनका क्रममा ओलीले वर्तमान गठबन्धनले बनाएको साझा न्यूनतम कार्यक्रमको प्रसंग ल्याएपछि खतिवडाले आपत्ति जनाएका हुन् ।

‘विपक्षी दलको नेताले अहिले बोल्दा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, संसद चलेको दिनदेखि आजसम्म संसदमा त्यो कार्यक्रमको पत्र देख्न पाएका छैनौँ । बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस’, खतिवडाले भने । 

खतिवडाले आपत्ति गरेको विषयलाई ओलीले हासेर उडाइदिए । ‘नेपाली कांग्रेस प्रधानमन्त्रीभन्दा पहिले विपक्षी दलको नेताले सम्बोधन गर्न पाउनुपर्छ भनेर भनेको थियो । यस्तो उहाँहरूले गरिहनुहुन्छ, यो कुनै अनौठो कुरा होइन’, ओलीले भने । 

प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले आइतबार झण्डै एक घण्टा सम्बोधन गरे । ओलीले कांग्रेस सत्ताबाहिर रहँदा पानी बाहिरको माछोजस्तो रहेको टिप्पणी गरे । उनले राष्ट्रपति निर्वाचनमा कांगेसको दुराशय देखिएको पनि बताए। 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: