
काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विशेष महाधिवेशनको सन्दर्भमा भएका सबै तिता मिठा कुराहरुलाई विर्सेर कोही पनि उत्तेजित र हतोत्साहित नभई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले यस्ताे आह्वान गरेका हुन् ।
उनले भनेका छन्, 'पार्टीका सदस्यहरूबीच आपसी सम्मान कायम गर्ने, समेट्ने र संरक्षण गर्ने दायित्व नेतृत्वको मुख्य कर्तव्य भएको उल्लेख गर्दै लामाले फरक मत र फरक विचारको पनि सम्मान गर्नु नेपाली कांग्रेसको आधारभुत सिद्धान्त भएकोले विवादको न्यायिक निरुपण नहुन्जेल आफ्नो वैयक्तिक स्वतन्त्रताको आधारमा जुन सुकै ठाउँमा उभिएको भएता पनि आन्तरिक विवादको निरुपण भइसकेपछि ‘चारतारे झण्डा र रुख चिन्हमा’ गोलबद्ध भएर पार्टी, देश र जनताप्रति समर्पित हुन अनुरोध छ ।'
नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशिष्ट परिस्थिति अनुरूप गरिएका विशेष निर्णयले पार्टीलाई थप ऊर्जावान् र गतिशील बनाएको भन्दै कांग्रेस काभ्रेपलाञ्चोकले नेपाल र नेपालीको सुन्दर भविश्यको निम्ति नविन कांग्रेस निर्माणको जग बसालेकोमा दुरदर्शी र साहसी नेतृत्वलाइ ‘सलाम’ भनेकाे छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google