काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले राजनीतिक रूपमा पार्टीले केही गल्ती गरेको स्वीकार गरेका छन् । पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि सत्ता गठबन्धनमा उत्पन्न विवादलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामीलाई हेरेर प्रचण्डहरूले विधि र नैतिकताको कुरा गर्ने। हामीलाई ओलीहरूले समर्थन र सद्भाव देखाउनु पर्ने । यस्ता दिनको हामीलाई अपेक्षा थिएन’ उनले ट्विटरमा लेखेका छन्, ‘यस्ता दिन हामीले चाहेकै थिएनौँ। तर भोगिरहेका छौँ। राजनीतिक रूपमा नै केहि गल्ती त हामीबाट भएकै छ। केहि गल्ती हामीबाट हुन लागेकै छ ।’ अहिले रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधि र नैतिकता सिकाउने र एमाले अध्यक्ष केपी ओलीले सद्भाव देखाउनुपर्ने ठाउँमा पुगेको बताएका छन् ।