प्रधानमन्त्री बालेनलाई वामदेवले गरे यस्ताे आग्रह

दर्पण दैनिक २१ चैत्र २०८२,१९:१०
post

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन्।  नेता गौतमले शानिबार वक्तव्य जारी गरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई रिहा गर्न आग्रह गरेका हुन् । उनले आफ्नो वक्तव्यलाई प्रधानमन्त्रीलाई खुलापत्र भनेका छन्। 

प्रधानमन्त्री शाहलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा गौतमले शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्री शाहलाई शुभकामना पनि दिँदै गौतमले भनेका छन्, ‘आज तपाईँ नेपालको ४३औँ प्रधानमन्त्री बन्नु भएको छ। आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ।’

पूर्वउप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका गौतमले कुनै पनि घटनाको छानबिन प्रतिवेदनका आधारमा सिधै पक्राउ गर्नु उचित नभएको जिकिर गरेका छन्। ‘हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो,’ गौतमले भनेका छन्। 

उनले पूर्वप्रधानमन्त्री ओलीलाई अपमानित हुने गरी थुन्ने काम गलत भएको जनाएका छन्। ‘म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे–जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र?,’ गौतमले भनेका छन्। 

पूर्वप्रधानमन्त्री ओलीलाई थुन्न प्रयोग गरिएका कुराको पहिले परीक्षण हुनुपर्ने जिकिर गरेका छन्। ‘हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ,’ उनले भनेका छन्, ‘केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो । त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो ।’

ओलीलाई थुन्नु गलत भएको जनाउँदै रिहा गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेका छन्। गौतमले भनेका छन्, ‘म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: