
काठमाडौँ । एमाले सचिवालय बैठकले निर्वाचनकेन्द्रित विभिन्न समिति बनाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले चुनावमा जाने औपचारिक निर्णय गर्दै घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
निर्वाचनमा परिचालन कमिटीको संयोजक उपाध्यक्ष रामबहादुर थापा 'वादल'लाई तोकिएको छ । कमिटीमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी सदस्य छन् ।
सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समितिसमेत बनाएको छ ।
यस्तै निर्वाचन अभियान सञ्चालनका लागि बैठकले प्रदेश इन्चार्ज पनि तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश सिंह ठगुन्नालाई इन्चार्ज तोकिएको छ ।
बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ । त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google