नेकपा (एकीकृत समाजवादी) गठनको ४ वर्ष पूरा, अध्यक्ष नेपाल दिए यस्ताे सन्देश

दर्पण दैनिक ९ भाद्र २०८२,१३:०२
post

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विश्व कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य मजदुर, किसान तथा उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गर्दै वर्गविहीन समाज, न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु रहेको पनि बताएका हुन् ।

‘पुनर्गठन दिवसको अवसरमा हामी यी सबै उद्देश्य र ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, अध्यक्ष नेपालले भनेका छन् ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनले जन्मैदेखि सामन्तवाद, साम्राज्यवाद र निरंकुश शासनविरुद्ध संघर्ष गर्दै राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख एजेण्डा बनाउँदै आएको स्मरण गरेका छन् ।

‘यस आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको मुक्ति र समाजवाद हुँदै वर्गविहीन समाज निर्माण गर्ने लक्ष्य अघि सारेको छ’,नेपालको भनाइ छ ।

उनले नेकपा (एकीकृत समाजवादी) दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरण जस्ता विकृतिविरुद्ध विद्रोह मार्फत गठन भएको भन्दै यसले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तिकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको दाबी पनि गरेका छन् ।

पार्टीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प बोके पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसङ्गति विद्यमान रहेको नेपालले स्वीकार गरेका छन् ।

‘जसका विरुद्ध केवल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ’, नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समेत नेपालकै भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि सार्वभौमिकतामा आँच पुग्ने गरी भारत र चीनबीच समझदारी भएको विषय सञ्चार माध्यममा आएको भन्दै यस्तो बेला मुलुकको सार्वभौमिकता र भूगोलको रक्षाको निम्ति आवश्यक सबैखाले पहलकदमी लिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: