काठमाडाैं । सुन तस्करी प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायम राखेको छ ।
एमालेको अवरोधपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भन्दै राज्यकै निकायलाई विश्वास गर्नुपर्ने बताएका थिए ।
तर, गृहमन्त्री श्रेष्ठको सम्बोधन लगत्तै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए । एमालेका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख घिमिरेले सचेतक महेश बर्तौलालाई बोल्न समय दिएका थिए । सचेतक बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रस्ताव गृहमन्त्री श्रेष्ठबाट नआएकाले बैठक अघि बढ्न नसक्ने बताए ।
उनले एमालेले राज्यका अंगमा विश्वास गर्ने भए पनि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री नै अनुसन्धानको दायरामा आउनुपर्नेमा त्यसो हुन नसकेकाले उच्चस्तरीय छानबिन समितिको माग गरिएको बताए ।
'राजस्वका अधिकारीले एक क्विन्टल सुन आउने कुरा १० दिनअघि नै थाहा पाएर हामीले प्रधानमन्त्रीलाई भनेका थियौँ भन्ने तर त्यही मन्त्रिपरिषद्का गृहमन्त्री र अर्थमन्त्रीले थाहा नपाउने हुन्छ ? यदि प्रधानमन्त्रीलाई नै १० दिनअघि थाहा थियो भने किन विमानस्थलबाट बाहिर आयो सुन ?,' उनले प्रश्न गर्दै भने, 'सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीसँग राजस्व विभागले किन सोधपुछ गरेन ? '
सचेतक बर्तौलाले एमालेका कारण संसद चल्न नसकेको हो भनेर गृहमन्त्री श्रेष्ठले भ्रम फैलाउन खोजेको बताए । 'उहाँले यसअघि नै संसदमा आएर आफ्नो कुरा राख्ने विचार थियो तर त्यसो हुन सकेन भन्नुभयो । घुमाउरो भाषामा संसद एमालेकै कारण नचलेको हो भनेर भन्न खोज्नु भएको हो । यस्तो भ्रम नफैलाउन आग्रह गर्छु,' उनले भने, 'सत्तापक्षकै प्रमुख सचेतकहरूको आग्रहमा साउन १५ गतेको बैठक सरेको हो ।'
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी केन्द्रको केन्द्रीय समिति बैठक रहेकाले केही दिन बैठक स्थगन गर्न सभामुख र आफूहरूलाई आग्रह गरेको पनि सचेतक बर्तौलाले बताए । बर्तौलाले बोलिसकेपछि एमालेका सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठकमा नाराबाजी गरेका थिए ।
सभामुख घिमिरेले बैठकलाई अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले नाराबाजीलाई निरन्तरता दिएका थिए । एमालेले अवरोध कायम राखेपछि सभामुख घिमिरेले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संसदमा गृहमन्त्री श्रेष्ठलाई बोल्न दिने सहमति भएको थियो । एमालेले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप कदम चाल्ने बताएको थियो । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समित गठन नभएसम्म संसद अघि बढ्न नसक्ने दुई सातायता बताउँदै आएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)






















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google