जेनजी आन्दोलनमा समर्थन जनाउँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा पदबाट राजीनामा

दर्पण दैनिक २४ भाद्र २०८२,१४:१८
post

काठमाडौँ । जेनजी आन्दोलनका मागप्रति समर्थन जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले भाद्र २३ गते काठमाडौं लगायत देशभर सडकमा देखिएको आन्दोलनका क्रममा जेनजी पुस्ताले उठाएको विषय भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी भएको भन्दै लेखेका छन् ।

‘हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन ।’ मन्त्री पौडेलले आफू अहिंसा लोकतन्त्रको प्राण भएको सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै निहत्था छोराछोरीको पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको भनेका छन् ।

‘अहिंसा लोकतन्त्रको प्राण हो” भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको म,  हिजो आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न सकिन। जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको ब्यबहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन ।’

उनले राजीनामामा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा कार्यकालभरि अटुट सहयोग र विश्वास प्रदान गरेको भन्दै पार्टी नेपाली कांग्रेस,मलाई सफल बनाउन सल्लाह सुझाव तथा सहयोग उपलब्ध गराउने विज्ञ, मेरो निर्वाचन क्षेत्र काठमान्डौं पाचका जनसमुदायप्रति आभार व्यक्त गरेका छन् ।

राजीनामामा उनले नागरिकको स्वास्थ्य सेवामा दिन रात नभनि समर्पित मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारी, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिएका छन् ।

आफ्नो व्यक्तिगत जीवन र नेपाली कांग्रेस पार्टीले सिकाएको सबैभन्दा ठुलो आदर्श– लोकतन्त्रको केन्द्रमा आमनागरिक हुनुपर्छ। राज्य विधि र पद्धतिले चल्नुपर्ने तथा विधि र पद्धतिमाथि आँच आयो भने त्यसको रक्षा गर्न जुनसुकै मुल्य चुकाउन पनि तयार हुनु पर्ने रहेको उनले उल्लेख गरेका छन् ।

‘लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु पर्छ र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनु पर्छ। यो नै मेरो राजनीतिक जीवनको सबै भन्दा ठूलो आदर्श हो,’ उनले लेखेका छन् ।

मन्त्री पौडेलले आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह नभै सुधारको अपेक्षा रहेको भन्दै यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्ने बताए । ‘उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो,’ उनले लेखेका छन् ।

एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु अनि अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनुजस्तो नैतिक संकटमा रहन नसकेको भन्दै उनले लेखेका छन्, ‘त्यसैले,  लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु। जय नेपाल !’
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: