रास्वपा सचिवालयमा ४ नेता मनोनीत, तोसिमाको गम्भीर असन्तुष्टि

दर्पण दैनिक ३ कार्तिक २०८२,१२:३६
post

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४ नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ  । भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेकाे हाे । 

चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् । आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्यमा ल्याइएको हो ।


सचिवालय विस्तारमा तोसिमाको असन्तुष्टि 

रास्वपा नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन् । उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको बताइन् । पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको गुनासो उनले सामाजिक सञ्जालबाट गरेकी हुन् ।

उनले भनेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’ पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक हुन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्नेमा जोड दिइन् ।

उनले विस्तारित बैठकमा पार्टी संगठनको वृहत् सहभागिता र भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने बताइन् । भोटिङ राइट्स नदिने भए देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको औचित्य नभएको उनको भनाइ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: