काठमाडाैं । संसदीय दलको नेता चयन पश्चात जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि हुने भएको छ । सरकारमा सहभागि हुनुपुर्व संसदीय दलको नेता चयन गर्नुपर्ने कुरा उठेपछि बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ ।
समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् । तत्कालिन संसदीय दलको नेता रहेका रामसहयायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपाको संसदीय दलको नेताको पद रिक्त रहेको छ । जसपाले विधानको व्यवस्था वमोजिम निर्वाचन प्रकृयाबाटै संसदीय दलको नेता छान्ने गर्दछ ।