
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् ।
उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले जनाएका छन् ।
प्रेस विज्ञप्ती
मितिः २०८० चैत १५ गते
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय डा. आरजु राणा देउवाज्यू विगत दुई बर्ष देखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आउनु भएको थियो । गत चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि मित्र राष्ट्र भारत जानुभएको थियो । चिकित्सकहरुको सल्लाह अनुसार उहाँको नयाँ दिल्ली स्थित Max Hospital, Saket मा चैत १४ गते Hyper Parathyroidismको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
हाल माननीय डा. आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु ।
डा. राणाज्यूले शल्यक्रिया सफल बनाउन खटिनु हुने चिकित्सकहरु तथा उहाँहरुको सम्पुर्ण मेडिकल टिमलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
जय नेपाल ।
कमल रावल
स्वकिय सचिव
माननीय डा. आरजु राणा देउवा


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google