काठमाडौं । रास्वपा सांसद मनिष झाले मधेस प्रदेश सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको शूून्य समयमा बोल्दै उनले प्रदेश सरकार बारा क्षेत्र नम्बर २ निर्वाचनमा आचारसंहिता उल्लंघन हुुन थालेको जिकिर गरे ।
उनले निर्वाचनका कारण मुख्यमन्त्री पनि नभेटिने अवस्था रहेको उल्लेख गरे । 'मधेस प्रदेश पूर्ण रुपमा उपनिर्वाचनमा केन्द्रित भयो । अहिले जाँदा मुख्यमन्त्री भेटिदैनन्,' उनले भने, 'यो निर्वाचन आचारसंहिता विपरित हो । निर्वाचन आयोगको ध्यानाकर्षण होस् ।'