काठमाडाैं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार रमेश लेखकले संसदमा प्रतिपक्षीहरू आक्रामक, अधैर्य र अपरिपक्व रहेको टिप्पणी गरेका छन् ।
सानेपामा बसेको बैठकमा लेखकले संसदीय गतिविधिबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनले कांग्रेसले जिम्मेवार भएर संसदमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
संसदीय अभ्यासमा एमाले परिपक्व भए पनि अधैर्य देखिएको र सत्ता गुमाउँदाको आक्रामकता रहेको लेखकको टिप्पणी छन् । नयाँ दलहरूमा अझै परिपक्वता आइनसकेको उनले बताए । उनीहरू पनि अधैर्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google