पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै दुर्गा प्रसाईँलाई एमालेले गर्‍यो निष्कासन

दर्पण दैनिक १३ फाल्गुन २०७९,१२:०१
post

काठमाडौं । नेकपा एमालेले दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको एमाले नेताहरूले बताएका छन् ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

यस्तै एमालेले अर्थ तथा योजना विभागको सचिवमा डा. प्रकाश भट्टलाई मनोनयन गरेको छ ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९