राज्य व्यवस्था समितिको सभापतिका कांग्रेस सांसद न्यौपाने निर्विरोध

दर्पण दैनिक १० भाद्र २०८२,२०:४३
post

काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि कांग्रेस सांसद ईश्वरी न्यौपानेको मात्र उम्मेदवारी परेको छ । मनोनयनका लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिए पनि सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जनाएका छन् । 

संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी समिति सभापतिमा निर्विरोध चयन भएकी छिन् । यद्यपि बुधबार उनी निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।


यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।

को हुन न्यौपाने ?

न्यौपानेलाई नोपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रूपमा चिनिन्छ । २०१६ सालमा दाङमा जन्मिएकी उनको हाल स्थायी ठेगाना कैलालीको भजनी नगरपालिका हो । उनी २०७९ सालको संघीय चुनावमा समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

उनले २०७९ मा भएको सभामुखको चुनावमा समेत उम्मेदवारी दिएकी थिइन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिसमेत रहेकी न्यौपाने राज्यव्यवस्था समितिकी सदस्य थिइन् ।

न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रूपमा रहेकी छिन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिइन् ।  तत्कालीन व्यवस्थापिका संसदमा उनी पार्टीको सचेतक थिइन् । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेकी उनी नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष भइसकेकी छन् ।

कांग्रेसभित्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको रोजाइमा भने दिलेन्द्र बडू थिए । तर, देउवाले न्यौपानेलाई राज्य व्यवस्थाका सभापति बनाएका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: