नेपालकाे ‘चुच्चे नक्सा’ लाई मान्यता नदिएको भन्दै बालेनले स्थगित गरे आफ्नो चीन भ्रमण

दर्पण दैनिक १४ भाद्र २०८०,१३:५२
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चीन भ्रमण स्थगित गरेका छन्। चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली चुच्चे नक्सालाई नसमेटेको प्रति असन्तुष्टि जनाउँदै बालेनले आफ्नो चीन भ्रमण स्थगित गरेका हुन् । 
चीनको निमन्त्रणमा बालेन ५ दिने भ्रमणका लागि त्यसतर्फ जाने तय थियो। तर नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर निकालेको चुच्चे नक्सालाई नसमेटी चीनले आफ्नो नक्सामा पुरानै (बुच्चे) नक्सालाई मान्यता दिएपछि ‘नैतिकताका आधार’मा भ्रमण रद्द गरेको बालेनको भनाइ छ । 


शाहले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्– ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भू–भागलाई चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ।  त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

चीनको प्राकृतिक स्रोत मन्त्रालयले तयार पारेको नयाँ नक्सा चिनियाँ सरकारी मिडियाले केही दिन अगाडि सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालको नयाँ (चुच्चे) नक्सा नदेखाइ पुरानै नक्सा देखाइएको छ । आफ्नो अरुणाञ्चल प्रदेशका केही भाग समेटिएको भन्दै भारतले चीनको उक्त नक्साप्रति कूटनीतिक नोटमार्फत् विरोध जनाइसकेको छ। नेपाल सरकारले भने चीनले चुच्चेको ठाउँमा बुच्चे नक्सालाई समेटेकोप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post