
काठमाडाैँ । तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा १४ जनाको शव निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google