काठमाडाैं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएकाे छ । माघ २८ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भ्एकाे हाे ।
उक्त कार्यक्रममा, प्रमुख अतिथि एआइजी भण्डारीले '१९औँ एसियन गेम्समा' नेपालको महिला कबड्डी टिमबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरी नेपालको छवि उजागर गर्ने नेपाल पुलिस क्लबका खेलाडीहरू नितु गुरूङ, मानमती विष्ट र अर्पणा चौधरीलाई प्रशंसा पत्र प्रदान गरे ।
साथै प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै यस प्रतिष्ठानमा व्यवसायिक रहेर सांगठनिक निति-निर्देशनको पालना गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुहुने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार समेत प्रदान गरेका थिए ।
साथै, नेपाल प्रहरीको प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण श्रोतहरूको संग्रह E-Library को पहुँच प्रदान गरी प्रहरीको बौद्धिक तथा प्राज्ञिक उन्नतिमा सहयोग पुर्याउने त्रिभुवन विश्वविद्धालय केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदी, प्रतिष्ठानमा रहेको पानीको शुद्दिकरण गर्नका लागी 'उपकार सेवा नेपाल' नामक संस्थाका कार्यकारी अध्यक्ष राकेश अग्रवाल ,लामो समयदेखि नेपाल प्रहरीको जुडो खेलमा खेलाडी तथा प्रशिक्षकको रूपमा योगदान पुर्याउने पूर्व प्रनि देवु थापा, नेपाल प्रहरीको तेक्वान्दो खेलको प्रशिक्षकको रूपमा कार्यरत क्वान योङ दालले गरेको उल्लेखनीय योगदानको कदर स्वरूप प्रमुख अतिथीएआइजी सन्दिप भण्डारीले प्रशंसा पत्र प्रदान गरे ।
वार्षिक उत्सवकै अवसरमा प्रहरी कर्मचारीहरुका लागि कल्याणकारी कार्यक्रम अन्तरगत प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रद्वारा प्रतिष्ठानमा कार्यरत प्रहरी कार्यालय सहायकदेखि प्रहरी नायब निरिक्षक दर्जा सम्मका प्रहरी कर्मचारीहरुका सन्ततिहरु मध्ये उत्कृष्ट चार जना जेहेन्दार बालबालिकाहरुलाई प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष प्रभा शर्मा भण्डारीबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।










































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google