बलात्कार आरोपीलाई पक्रन गएको प्रहरी टाेलीमाथि ढुङ्गामुढा, आरोपी बुढा हतकडीसहित फरार

दर्पण दैनिक २५ बैशाख २०८०,१४:२०
post

कालीकोट । कालीकोटमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ । पलाँता गाउँपालिका ६ सैनामा जबरजस्ती करणी मुद्दाका आरोपीलाई पक्रन गएको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुढा गरेका हुन् ।

आज बिहान जबरजस्ती करणीको आरोप लागेका सोही ठाउँका ३१ वर्षीय शंक बुढालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि भएको झडपमा इलाका प्रहरी कार्यालय पलाँताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएका छन् ।

घटनापछि आरोपी बुढा फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएका उनले बताए । 

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: