१७ वर्षपछि पक्राउ परे नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टका हत्या आरोपित

दर्पण दैनिक १६ श्रावण २०८१,१४:२८
post

काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् । प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्ट हत्याका आरोपी पक्राउ गरेको हो ।

विष्ट हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइए पनि अहिले कतिजनालाई पक्राउ गरिएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसबारे पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले बताएको छ । यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

त्यतिबेला धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् । थापालाई ढोलाहिटीस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । १६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । 


२६ असार २०६४ मा ललितपुर महानगरपालिका-२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो । सोभिताका भाइ विनोद थापा ३ पुस २०७१ मा लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर ३ असोज २०७९ मा रिहा भएका थिए । त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेर १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: