मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

दर्पण दैनिक १८ जेष्ठ २०८३,०८:३४
post

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न भएको छ ।  सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए । 

कन्भेन्सन कार्यक्रममा सभामुख अर्यालसहित लायन्स क्लबको सदस्य रहेका सांसदहरु, पाष्ट डिष्ट्रिक्ट गभर्नरहरु, चालू लायन वर्ष तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरुलाई पनि सम्मान गरिएको थियो । त्यसै गरी सामाजिक सेवाका कार्यमा उत्कृष्ट कार्य गर्ने १५ वटै डिष्ट्रिक्टका क्लब तथा लायन्स लिडरहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । 

प्रमुख अतिथि अर्याल लगायत अन्य अतिथिहरुले मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनका अवसरमा प्रकाशित सुभेनियर र मल्टिपल डिष्ट्रिक्टले नियमित प्रकाशन गर्दै आइरहेको लायन म्यागजिन विमोचन गरिएको थियो । 

कार्यक्रममा बोल्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले नेपालमा लायनिज्मले गरेको प्रगतीको चर्चा गरे । उनले ५४ वर्षको इतिहासमा पहिलोपटक मल्टिपल काउन्सिल चेयरपर्सनमा महिला नेतृत्व पुगेको र सफलतापूर्वक कार्यकालसमेत सम्पन्न हुन लागेको बताउँदै मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको प्रशंसा गरे । त्यसैगरी पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले आगामी जुलाई ३ देखि ७ सम्म हङकङमा हुन लागेको इन्टरनेसनल कन्भेन्सनको बारेमा जानकारी गराए । साथै उनले मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको कार्यशैली र कुशल नेतृत्वको प्रशंसा गर्दै कार्यकाल सफल र ऐतिहासिक बनाएकोमा बधाई दिए । 

कार्यक्रममा आईडी इन्डोर्सी लायन राजन लम्सालले पनि आफ्नो भनाई राख्दै आगामी वर्षदेखि सुरु हुने इन्टरनेसनल डाइरेक्टरको कार्यकामा सहयोग गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्ष तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले भदौ २३ र २४ गते भएको आन्दोलनले घर र सम्पती सखाप हुँदा लायन्स सदस्यहरुले देखाएको सहानुभूति र सहयोगका कारण नै आफुले सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन सकेको बताइन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने तथा कार्यक्रम सम्पन्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् । 

कार्यक्रमको व्यवस्थापन डिष्ट्रिक्ट ३२५ जी ले गरेको थियो । डिष्ट्रिक्ट जी का डिष्ट्रिक्ट गभर्नर लायन विधान जोशीले कन्भेन्सन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: