ललितपुरमै पहिलो पल्ट बल्यो करोड बत्ति, दर्शन गर्न पाउँदा भक्तजन खुसी

दर्पण दैनिक १४ जेष्ठ २०८०,०७:४८
post

ललितपुर । शनिबार गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिषर दिउँसै झलझलाकार देखियो । माटाका पालामा सजिएर रहेको एक करोड बत्ति एकै पटक बल्दा मन्दिर नजिकको न्यौपानेगाउँ, पारीगाउँ र झ्यालुन्टार चम्किएको थियो । आकाशमा कालो बादल मडारिँदा मन्दिर वरपरका स्थानमा चमक थियो । विश्व शान्ति र पीतृ मोक्षका लागि जीवनेश्वर महादेव मन्दिर करोड बत्ति समितीको आयोजनामा भएको सो अनुष्ठानलाई हेर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । 

नौलो र फरक प्रवृत्तिको बत्ति प्रज्वलन भएको हुँदा करिब ७ हजारको संख्यामा उपस्थिती रह्यो, समितीकी कोषाध्यक्ष शारदादेवी न्यौपानेले भनिन्, 'बत्ति चलाउन र बत्ति बालेको हेर्न उपत्यकाका धेरै स्थानबाट भक्तजनहरु आस्थाका साथ आए । भगवानको कृपाले करोड बत्ति बालेको स्थानमा पुगियो ।' 

भक्तपुर बालकोटका दीपक ढुङ्गेलले भने, 'म मेरी श्रीमती सहित कस्तो हुँदो रहेछ त यो बत्ति बालेको भनेर हेर्न यहाँ सम्म आए । मलाई यो बत्ति प्रत्यक्ष रुपमा आफैले चलाउन पाउँदा धेरै खुसी लागेको छ ।'


न्यौपानेगाउँका रमेश न्यौपाने पनि आफ्नै गाउँमा करोड बत्ति बलेको देख्दा अत्यन्त हर्षित छन् । भगवान का अनुकम्पा ले आज श्री जीवनेस्वर महादेव पुगी करोड बत्ती प्रज्वलनको दर्शन गर्न सकियो, धन्य  श्री जीवनेस्वर महादेव ! उनले भने । 

२ वर्ष अगाडी देखि भक्तजनले दान दिएको बत्ति बालीँदा धेरै जनामा खुसीको सिमा रहेन । मुलडोलका भरत दुलाल आफुले दान दिएको सबा लाख बत्ति करोड बत्तिमा मिसिएर बल्न पाएकोमा खुसी छन् । उनी मात्र होइन कृष्ण कुमार केसी, नारायणी चालिसे लगायतका बत्ति दानकर्ताको मुहारमा चमक छ र्। बत्ति बल्यो, चालिसेले भनिन्, आफैले संकल्प गर्न पायौ, सबै जनाको बत्ति एकै ठाउँमा राखेर बाल्दा कति रमाइलो हुने रहेछ । 

झ्यालुन्टारका रोहित नेपाली जिवनेश्वरमा बालिएको करोड बत्तिले समाजमा सद्भाव फैलाएको बताउँछन् ।  'यस कार्यक्रममा सबैजनाले समान रुपमा बत्ति बाल्न, बत्ति चलाउन र नजिकैबाट नियाल्न पाएकाले यो समाजकै एक उदाहरणीय रहेको छ' उनले भने । 


श्रीमदभागवत् सप्ताहकै क्रममा करोड बत्ति बालिएको समिति उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए । करोड बत्ति बाल्न कठिन भएपनि दुर्लभ प्रकृतिको सो कार्य सम्पन्न गरेर गोदावरी नगरपालिकासहित जिल्लाभरमै नमुना प्रस्तुत गरेको वडा सदस्य सुजता रिजालले बताईन् । 

सो धार्मीक कार्य सुरु हुनुपूर्व कस्तो होला भन्ने अन्यौल रहेपनि कार्यक्रम सुरु भएपछि राम्रो प्रतिक्रिया आएको वडा अध्यक्ष शेखर न्यौपानेले उल्लेख गरे । मन्दिरको धार्मीक कृयाकलापका लागि यो करोड बत्ति अनुष्ठान कोसेढुङ्गा सावित भएको छ, उनले भने र्, मन्दिर पुनर्निमाणका लागि हामीले छुट्टै प्रयास थालेका छौँ, धार्मीक पर्यटकीय स्थल निर्माणका लागि हामी जुटेका छौ । पूर्व वडा अध्यक्ष दर्शन विष्ट यसले मन्दिरको तीब्र विकासका लागि टेवा पुर्याएको दाबी गर्छन् । 

करोड बत्ति बाल्ने संकल्प लिएर बासुदेव लुईटेल र माधव चालिसे करिब २ बर्ष अघि देखी बत्ति र नगद सहयोगका लागि खटेका थिए । बत्ति बाल्न वरपरका मुलडोल , झ्यालुन्टार, बोहोराटार , विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यान , लेले , डुकुछाप , गोदामचौर लगायतका अन्य स्थानबाट अत्याधिक भक्तजनको सहभागीता रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए । 

दिउँसो साँढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ति बालिएको हो । ब्रम्हा विष्णु महेश्वरको पूजा गरेपछि बत्ति संकल्प गरिएको थियो । बत्ति बालिसकेपछि भागवतको  तिल चढाईएको छ । करोड बत्तिको हवन आइतबार विहानै गरिँदैछ । 

यो धार्मिक अनुष्ठानमा धेरै सहयोगि दाताहरुको सहयोग महत्वपूर्ण रहेको समितीकी सचिव देवकी न्यौपानेले जानकारी दिईन् । यो धार्मीक अनुष्ठानमा उठेको रकम र खर्चबारे आइतबार अन्तिम जानकारी गराउने तयारी गरेको समितीकी अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिईन् । गत शनिबार नगरपरिक्रमा सहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो । जीवनेश्वरमा भएको धार्मीक अनुष्ठानमा यो गाउँकै पहिलो सार्वजनिक धार्मीक कार्यक्रम हो । यो कार्यक्रमको आइतबार एक औपचारिक कार्यक्रम गरि समापन हुँदैछ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: