पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३० वर्षीया पूजा पक्राउ

दर्पण दैनिक २४ पुष २०८०,१७:२८
post

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर–८ जरंखु बस्ने वर्ष ३० की पूजा श्रेष्ठ रहेकी छन् ।

पूजाले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन् ।


पीडितबाट पटकपटक गरी जम्मा २ लाख १५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी पूजा श्रेष्ठमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: