काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।
आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि आगलागी भएको बताइएकाे छ ।
मृत्युु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, २ छोरी १६ वर्षीया राधा र १० वर्षीया रेणुका तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ । यस्तै, सोही गाउँका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि ज्यान गएको छ ।
हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ । एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको छ ।
उनीहरुको २७ गते नै आगलागीमा परेर मृत्यु भएतापनि ठेगाना खुल्न सकेको थिएन । ९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडा भित्र पर्ने सामुदायीक विद्यालय तथा सरकारी कार्यालयह शोक विदा दिइएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)










































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google