'तिमीहरु आफ्नो पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागें'

दर्पण दैनिक २३ चैत्र २०८०,२०:०५
post

काठमाडौं । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्र हत्या गरेको बताउँदै निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गृहमन्त्री रवि लामिछानेकी पत्नीसमेत रहेकी पौडेलले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् ।

चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट 'हिलो छ्याप्ने' काम भएको बताएकी छन् । 

उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् । "म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ," उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।

आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको उनको गुनासो छ । 'एउटी नारीमाथि सबैले मिलेर देखाएको यो 'पुरुषार्थलाई' मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो  पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ,' उनले भनेकी छन् ।

 

उनले लेखेकी छन्

 

म विगत १५ वर्ष देखि मिडिया व्यवसायमा छु। कहिले कसैलाई ठगेर लुटेर खानु परेन। म एक संचारक्षेत्रको तथा उधमी महिला भएकाले बैंक वित्तीय संस्थाहरुसँग ऋण धन हुन्छ,लिनु पनि हुन्छ, दिनु पनि हुन्छ।

मिडिया चलाउदाको १५ वर्षको इतिहासमा एक दिन पनि समाचार देखाएर तर्साएर खाने धन्दा गरिन।आफ्नो मिडियाका कर्मचारी पत्रकारहरुको तलब आजका मितिमा बाँकी राखेको छैन। घाटा लागेको, तलब समेत खुवाउन नसकेको संस्थालाई किर्ते गरि कागज मिलाइ नाफामा देखाएर IPO खोली आम मान्छेलाई लुटेको छैन। र यसमा मलाई दुख होइन गर्व छ। मैले पढेको,अभ्यास गरेको मिडिया र परिवारबाट पाएको संस्कारले मलाई लुटेर,ठगेर होइन मेहनत गरेर खान सिकाएको छ। म कसैको छोरी श्रीमति भन्दा पहिले एक उध्यमशील स्वाबलम्बी नारी हुँ। यो परिचय मैले जीवनभर मेहनत गरेर आफैंले आर्जन गरेकी हुं र म बाचुन्जेल कसैलाई पनि मेरो यो परिचयमा हिलो छ्याप्न दिन्न।

मैले तिरी सकेको ऋणलाई लिएर मलाई ठग करार गर्ने गरि फोटो छापेर हेडलाईन बनाउने शिक्षा पत्रकारीताको कुन किताबको कुन पृष्ठमा छ? मैले पनि अन्तर्राष्ट्रिय विश्व विध्यालबाट मिडिया नै अध्ययन गरेकी हुँ, १५ वर्ष देखि अभ्यास समेत गर्दैछु। तर नेपाली मिडियाको यस्तो दुर्दशापुर्ण अवस्था आउनुको दोषी स्वयं मिडिया संचालकहरु नै हुन् भन्ने कुरामा मलाई अब शंका छैन। अरु मिडियाको तुलनामा मैले संचालन गरेको मिडिया "टिभी फिल्मी" सवै भन्दा धेरै संकटमा गयो। तर मैले हार मानिन ,बरु त्यसलाई "नारी टिभी" मा परिणत गरें जुन झनै कठिन हुने वाला छ। तर जति सुकै कठिन भए पनि म गलत काम र ठगी गरेर एक पैसा पनि कमाउदिन!

अब कुरा आयो न्यायको। मैले यत्रो संघर्ष गरि आर्जन गरेको प्रतिष्ठामा सजिलै फोटो टासेर ठग करार गर्न खोजेको म कसरी स्वीकार गरौ ? म मान्छे हुँ, महिला हुँ, म छोरी हुँ,आमा हुँ, दिदी हुँ,बहिनी हुँ, श्रीमती हुँ। त्यो भन्दा माथी म आफ्नै खुट्टामा उभिन सक्ने सक्षम सबल स्वाभिमानी नारी हुँ। मलाई देवी हुनु छैन,मान्छे सम्म हुन पाए पुग्छ, असल नारी हुन पाए पुग्छ। र म कसैको दया मायामा नारी हुन चाहन्न। म लडेर आफ्नो नारी हुनुको अधिकार प्राप्त गर्न चाहन्छु।

एउटी महिला उध्यामीलाई सारा पुरुष मिडिया उध्यमी मिलेर ,तिरी सकेको ऋण बारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नाम समेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाईन राखेर चरीत्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापी दिदैन। त्यसैले म न्याय माग्न, प्रेस काउन्सिल र अदालत गएकि छु। मलाई यो पनि भनिएको छ यति ठुला मिडियाका विरुद्ध मुद्दा हाल्न आटै गरिदैन, मुद्दा परे पनि फैसला छिटो गर्ने आटै गरिदैन, फैसला भैहाले पनि उसका बिरुद्द्मा फैसला आउन गार्‍हो हुन्छ, फैसला आए पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ । थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमानको राजनीति लाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन गार्‍हो बनाइनेछ। उल्टै घाटा नै घाटा हुन्छ।

म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमुर्ती प्रती भगवान जत्तिकै विश्वास छ। मैले आजिवन दुख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रिया समेत नसोधी ठाडै चरीत्र हत्या गर्ने लाइसेन्स उनीहरु लाई कसले दियो? एउटी नारी माथी सबैले मिलेर देखाएको यो "पुरुषार्थलाई" मेरो चुनौती छ। न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिङ्गो समाजलाई नै न्याय चाहिएको छ। तिमीहरु आफ्नो पुरुषार्थ देखाउदै गर्नु, म अदालत तिर लागें। Nari TV Nepal

I will see you all in the COURT

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: