काठमाडौँको चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा २८ वर्षीया युवतीको मृत्यु

दर्पण दैनिक १६ माघ २०७९,१२:२८
post

काठमाडौं । काठमाडौँको चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा. ९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्यान्ड अस्पताल (चाबहिल) मा उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post