कोशीमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान

दर्पण दैनिक २० आश्विन २०८०,२०:३९
post

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले शनिबार साँझ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुखले पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।


प्रदेश सभाका कुनै सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार पेस गरे प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने संविधानको धारा १६८ को उपधारा ५ मा उल्लेख छ । यसअघिका मुख्यमन्त्री कार्की उपाधारा ३ अनुसार सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: