मन्त्रि नियुक्त भएको ७८औं दिनमा मन्त्रालय फुटाए कांग्रेसका चित्रकारलाई जिम्मेवारी

दर्पण दैनिक २१ श्रावण २०८०,१६:२२
post

काठमाडौं । अन्ततः निक्कै लामो रस्साकस्सी पछि बागमती प्रदेश सरकारका बिना विभागीयमन्त्री रामकृष्ण चित्रकारले जिम्मेवारी पाएका छन् । गत जेठ ७ गते भएको मन्त्रिपरिषद् विस्तारमा विना विभागीय मन्त्री नियुक्त भएका चित्रकारले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय बनाएपछि आज जिम्मेवारी पाएको एक नेताले जानकारी दिए ।

हाल प्रदेश सरकारमा कांग्रेसको भागमा परेको पयर्टन उद्योग तथा सहकारी मन्त्रालयलाई टुक्र्याए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाई चित्रकारलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

एक मन्त्रालय फुटाएसँगै प्रदेशमा मन्त्रालयको संख्या १२ पुगेको छ । अघिल्लो सरकारले मन्त्रालय बढाएको भन्दै आलोचना भएपछि यसपटक मन्त्रालय घटाएर ११ वटामा झारेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तिममा आएर आफ्नै निर्णयबाट ब्याक हुँदै मन्त्रालय फुटाएका छन् ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आए पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: