मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोकिँदा २३ वर्षीय युवककाे मृत्यु

दर्पण दैनिक ३० मंसिर २०८०,१०:४९
post

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दीपेन्द्र भण्डारीको मृत्यु भएको हो । भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर-मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।


दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउँदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: