सहिदहरुको सम्झना तरुण दल र नेविसंघ काभ्रेद्वारा दीप प्रज्वलन

दर्पण दैनिक १७ माघ २०७९,१७:२६
post

काभ्रे । प्रत्येक वर्ष माघ १६ गतेका दिनका सहिद दिवस मनाउने गरिन्छ । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बनेपा चार दोबाटोमा दीप प्रज्वलन गरेको छ । कार्यक्रमको समन्वयन नेपाल तरुण दलका सभापति सुजन लामा र नेपाल विद्यार्थी संघका सभापति अन्जान खतिवडाले गरेका थिए । 

उक्त कार्यक्रममा तरुण दलका सचिव सुरजका तिमल्सिना, तरुण दलका नेता सचित दुवाल, रणबहादुर तामाङ, राम (आरडि) लामा, तरुण दलका बनेपा नगर सभापति बिजेन रन्जितकार, केदार मल्ल, रिजन तिवारी, कुलध्वज लामालगायतका नेताहरुको उपस्थितिना सम्पन्न दीप प्रज्वलन गरएिको थियो । साथै पार्टीका भातृ तथा शुभेच्छुक संस्थाको सहभागिता थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: