आमालाई चिर्पट हानेका युवकले नगरप्रहरी पाल्साङलाई पनि छुरी प्रहार गरे

दर्पण दैनिक १९ फाल्गुन २०८१,११:४३
post

काभ्रे । खानिखोला गाउँपालिका ५ का एक युवकले आमालाई चिर्पट प्रहार गरेका छन् । २८ वर्षका विकास भुजेलले मापसे गरी आफ्नै आमा ५० वर्षकी सुनमाया भुजेललाई चिरपटले टाउकोमा प्रहार गरेका थिए । 

५० वर्षकी सुनमाया भुजेलको कान माथि टाउकोमा चोट लागेपछि उपचारको लागी प्राथामिक स्वस्थ्य केन्द्र तालढुङगा लगिएको छ ।

आइतबार साँझ ५ बजेतिर आमालाई चिरपट प्रहार गरेका उनले लगतै गाउँपालिकाको कार्यालयमा पुगेर नगर प्रहरीलाई पनि छुरी प्रहार गरेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

खानिखोला गाउँपालिका ५ का ३० वर्षीय पाल्साङ लामालाई गाउपालीकाको गेट अगाडी छुरीले प्रहार गरी घाइते बनाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । 

नगर प्रहरीको छाती र ढाडको बायाँपट्टी चोट लागेको छ । उनलाई धुलिखेल अस्पताल पठाइएको छ । चुप्पि प्रहार गर्ने ब्यक्तीलाई प्रहरीले चुप्पिसहित नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: