नेपाली कांग्रेस पाँचथर-काठमाडौं सम्पर्क समितिमा नयाँ कार्यसमिति

दर्पण दैनिक १७ बैशाख २०८०,०८:४७
post

काठमाडौं । नेपाली कांग्रेस पाँचथर-काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरेको छ । सम्पर्क समितिको तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको सभापतिमा लक्ष्मी नारायण तिमिल्सिना निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसभापतिमा गोमा देवी आङदेम्बे र धनेद्र राज आङदेम्बे निर्वाचित भएका छन् ।

सचिवमा जीवन ढुंगेल र टिका अधिकारी, सहसचिवमा अनिल सेलिङ्ग र छत्र बहादुर भण्डारी र कोषध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । कार्यसमितिको सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

आज सम्पन्न अधिवेशनमा पार्टी सच्चिनु पर्ने अवस्था सिर्जना भएको वक्ताहरुले बताएका छन् । नयाँ दल चुनौतीको रुपमा स्थापित भएको भन्दै सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताएका छन् ।

यो अधिवेशनले जिल्लाका पार्टीलाई एक ढिक्का बनेर अगाडि बढ्न खोजेको बक्ताहरुले बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: