काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले समर्थन गर्न नसकिने बताइन् ।
‘हामीले हाम्रा माग पूरा गर्न धेरै पटक पहल गर्यौं । सरकारबाट आश्वासन दिने काम मात्रै भयो,’ उनले भनिन्, ‘हामी सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न सक्दैनौं । त्यसैले विश्वासको मत दिदैनौं ।’
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदहरू छन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत चाहिन्छ । प्रदेश सभामा कांग्रेसका(१८), नेकपा (माओवादी केन्द्र) को सभामुख सहित(११), एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google