गोविन्द केसी फेरि अनशनमा, यी हुन् माग

दर्पण दैनिक ३० बैशाख २०८१,०६:३९
post

काठमाडौँ । डा. गोविन्द केसीले शनिबारदेखि फेरि आमरण अनशन सुरु गरेका छन् । प्रधानमन्त्रीको राजीनामासहित विभिन्न माग राखेर शनिबार पशुपतिको मृगस्थलीमा उनले आफ्नो २२औँ सत्याग्रह सुरु गरेका हुन् ।  केसीको तर्फबाट जारी गरिएको विज्ञप्तिअनुसार उनका मागको पहिलो बुँदामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरिएको छ । उनको पहिलो मागमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा तथा निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।’

त्यस्तै, गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरून्त पारित गर्ने गरी भएका पूर्वसम्झौताहरूको कार्यान्यन गर्नुपर्ने माग पनि केसीको छ । 
साथै, उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था तथा कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरेका छन् । आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै उनले २२औँ सत्याग्रह सुरु गरेको जनाएका छन् । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: