क्षत्रपाटी निःशुल्क चिकित्सालयमा नयाँ कार्य समिति चयन, यी हुन् पदाधिकारी

दर्पण दैनिक १७ बैशाख २०८०,०७:३०
post

काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बार्षिक साधारण सभासभाबाट डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । २०१३ सालमा स्थापना भएको क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को हिजो बार्षिक साधारणसभा सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरको उपस्थितिमा सम्पन्न भएको बार्षिक साधारणभाले आगामी चार वर्षको लागि वर्तमान अध्यक्ष डा. श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । 

अस्पालको उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा कृष्टिना श्रेष्ठ, सचिवमा जगदिश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद मानन्धर र सदस्यहरुमा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् । 
बार्षिक साधारणसभाको अवसरमा अस्पतालले ३३५ जना बिरामीहरुको निःशुल्क रगत परिक्षण गरेको छ । त्यस्तै, अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको अस्पतालले जनाएको छ । 

यसैबीच, नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिद्धारा निर्विरोध घोषणा गरिएका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । २०१३ सालमा स्थापना भएयता क्षत्रपाटी निःशुल्क चिकित्सालयमा निर्विरोध कार्य समिति चयन भएको यो पहिलो पटक हो । 

प्रमाणपत्र वितरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालय आगामी दिनमा राष्ट्रिय अस्पतालको रुपमा परिचय बनाउने बताउँदै अस्पतालले पुर्याउँदै आएको गुणस्तरीय स्वास्थ सेवाबाट शहरी क्षेत्रका जनताले राम्रो लाभ पाएको बताए । 

नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालय अब नेपालकै अत्याधुनिक अस्पताल बन्ने अभियानमा रहेको बताए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक मोडुलर अप्रेशन थ्रिएटरसहितको अस्पताल निर्माण भइरहेको बताए । हालको पुरानो भवनलाई गणेशमान सिंह भवनको रुपमा नयाँ भवन बनाएर क्षत्रपाटी अस्पताल देशकै गौरव योग्य बनाएरै छोड्ने प्रतिबद्धता जनाएका छन् । 

नव निर्वाचित उपाध्यक्ष कुमारदेव मानन्धरले गरिब, असहाय जनतालाई निःशुल्क उपचार गर्ने परिचय बनाएको अस्पतालले आगामी दिनमा सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्न वडाबासी तथा अन्य नागरिकले पाउने बताए । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: