चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न

दर्पण दैनिक १४ चैत्र २०७९,१३:३१
post

काठमाडौं ।  हेल्पिङ्ग हेन्डस युएसए र सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले निशुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी देखि ८५ बर्षका वुबा आमाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।


फ्री भिलेज मेडिकल क्याप आयोजना गर्न हेल्पिङ्ग हेन्ड्सका अन्तर्राष्ट्रिय अध्यक्ष बरिष्ठ समाजसेवी खांदबारी निवासी नारायण श्रेष्ठ, नेपाल फिल्म  सोसाइटी युएसए/ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष कलाकार नवराज श्रेष्ठ तथा स्व.डा. रेविता पाठक ट्रष्टको तर्फबाट समाजसेबी हेडम पाठक, सुनिल पाठक एजेन्सी अल स्टेटका सिईओ सुनिल पाठकको उपस्थिति रहेको थियो ।

 स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा. जेमि, फिजिसियन डा. टेरि लगायत आँखा तथा दन्त रोगमा नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्यसेवा बाट बञ्चित सर्बसाधारण नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर सेवा आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: