
ललितपुर । चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले गठन गरेको ३३ सदस्यीय तदर्थ समितिलाई ३ महिनाभित्र विधानसहित परिषदको स्वीकृति लिएर साधारण सभा र नयाँ कार्यसमितीका लागि निर्वाचन गराउने जिम्मा दिइएको छ ।
समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन् । यसैगरी सदस्यमा राजेन्द्रबहादुर दुलाल, धर्ममान वज्राचार्य, कुवेरप्रकाश सिंह, शंकर गौतम, विनोद शाक्य, अनिल घिमिरे, सञ्जय अर्याल, तेजेन्द्र महरा, जयन्त बाँस्तोला, इन्दिरा गुरुङ, नवीनबहादुर सिंह, पुरुषोत्तम वज्राचार्य, नवीन शाक्य, अनुज बानियाँ, पूर्णशंकर श्रेष्ठ, ज्याकी महर्जन, अर्जुनकुमार कार्की, सुजिता मानन्धर, धिरज शाह र शिवसुन्दर गोथे रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा दीपक सापकोटा, निकेश श्रेष्ठ, प्रज्ज्वल मैनाली, कविन सुवाल, गोबद्र्धन श्रेष्ठ, ध्रुव पालिखे, सागर महर्जन, महेन्द्र लिगल, डा विजय सैजु र गेहेन्द्र ढकाल छन् ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम प्रमुख कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको लामो समयदेखि अध्यक्ष थिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को खेल संघ स्थापना सम्बन्धि मापदण्ड पूरा गरी ३ महिनाभित्र विधान मस्यौदा तयार गरी उक्त विधान परिषदबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन गर्ने गरी वैद्यको संयोजकत्वमा ३३ सदस्यीय तर्दथ समितीलाई परिषद्ले जिम्मा दिएको हो ।























































































































.jpg)
















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google