एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने

दर्पण दैनिक २३ बैशाख २०८१,१४:४९
post

काठमाडौं । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने भएकाे छ । आइतबार पत्रकार सम्मेलन गर्दै छनाेट प्रतियाेगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएकाे हाे । 

छनाेट प्रतियोगितामा नेपालकाे तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापालेप्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताए । नेपालकाे मुख्य चुनाैती भनेकाे श्रीलंकाका खेलाडी रहने भएकाले साेही अनुसार तयारी गरिएकाे प्रशिक्षक कपालीले बताए । 

छनाेटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउनेछन् ।

छनाेट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ । एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनाेट भइसकेका छन् । 

नेपालमा पहिलाे पटक ओलम्पिककाे छनाेट हुन लागेकाे हाे । प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था "नेपाली घर" ले गरेकाे छ। नेपाली घरले करिब ५ लाख रुपैयाँ बराबरकाे प्रायाेजन गरेकाे छ ।

छनाेट प्रतियाेगिता गर्न करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरेकाे छ । छनाेट प्रतियाेगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: