काठमाडाैं । पाकिस्तानको मुल्तानमा आजदेखि सुरु भएको एसिया कप २०२३ काे उद्घाटन समाराेहमा नेपाली गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिएकी छन् ।
मुल्तान क्रिकेट रंगशालामा नेपाल र पाकिस्तानबीच भएको पहिलो खेल अघि गुरुङले आफ्नो प्रस्तुति दिएकी हुन् ।
त्यसका लागि उनी हिजो पाकिस्तान प्रस्थान गरेकी थिइन् । त्यस्तै, पाकिस्तानी गायिका ऐमा बाइगले पनि प्रस्तुति दिएकी छन् ।