रेखाको 'उपहार'मा आशा भुषाल

दर्पण दैनिक २५ फाल्गुन २०८०,१८:०९
post

काठमाडौ । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जिवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र ‘उपहार’मा आफनो स्थान पक्का गरेकी छन् । चर्चित अभिनेत्री रेखा थाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउनु नेपाली अभिनेत्रीहरुका लागि गौरवको विषय हो । चलचित्र उपहारको सार्वजनिक प्रर्दशन हुँदैगर्दा त्यस चलचित्रबाट आउने दर्शकहरुको प्रतिकृयाहरुको उनलाई प्रतिक्षा छ । चलचित्र उपहार आजबाट प्रर्दशन् भएको छ । 

वरिष्ठ चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा आफुले फरक खालको अभिनय गर्न पाएकोमा आशा मख्ख छिन् । चलचित्रमा फरक खालको चरित्रमा अभिनय गर्न पाउनु उनको सौभाग्य पनि हो । चलचित्रमा रेखा थापा, मुकुन्द भुषाल, वेनिशा हमाल, पुजा शर्मा, सुष्मा कार्की लगायतका थुप्रै चर्चित कलाकारहरुको अभिनय रहेको छ । 

कलाकारितालाई अझै विस्तार गर्दै अघि बढ्दै आइरहेकी अभिनेत्री भुषालको मेहनत र अथक साधनाले चलचित्र कर्मीहरुबीच उनको परिचय फराकिलो बनेको छ । आफुलाई अभिनयको विधार्थी ठान्ने उनी नयाँ पुराना सबै खाले अभिनेताहरुबाट धेरै कुराहरु सिक्न पाएको बताउँछिन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त ब्यार्नरमा निर्माण भएको चलचित्र उपहारको कार्यकारी निर्माता बलराम शाही ठकुरी र निर्माता सुलभ प्रतिक र समिक्षा देउजा हुन् । 

चलचित्रमा विष्णु कल्पीतको छायाँकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । आशा भुषालले चलचित्रका अगुवा थुप्रै टेलिचलचित्र, म्युचिक भिडियो, लघुचलचित्रहरुमा अभिनय गरिसकेकी छिन । मध्यम बर्गिय परिवारबाट चलचित्र क्षेत्रमा प्रवेश गरी आफुलाई स्थापित गर्नु चानचुने विषय होइन् । दरिलो आत्मविश्वास र अधिक साधना उनको बलियो हतियार हो । उनी संकल्प गरिसकेपछि जस्तो सुकै हालतमा काम फत्ते गर्ने खुबी भएकी अभिनेत्री समेत हुन् । कुशल अभिनयका कारण थु्रपै्र चलचित्रहरुबाट उनले अर्वाड समेत प्राप्त गरिसकेकी छिन् । 

‘नयाँ चलचित्र प्रर्दशन जति नजिकिदै जान्छ त्यति नै उत्सुकता बढ्दै जाँदो रहेछ । जसरी एउटी महिलाले ९ महिना कोखमा राखेर बच्चा जन्माउने दिनको प्रतिक्षामा आहादित हुन्छिन्  त्यस्तै भएको छ मलाइ पनि’ उनले भनिन् । उत्साह र कौतुहल्ता थपिएको छ । उनी भन्छिन् मलाइ जस्तै छटपटी पक्कै दर्शकहरुलाई पनि भएको छ । पक्कै पनि फिल्म उहाँहरुले मन पराइदिनु हुनेछ भन्ने उनको अपेक्षा छ ।  
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: