काठमाडाैं । बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म 'फाइटर' को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ४० भारतीय सेनामाथि आतंकवादी हमलापछि त्यसको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ ।
सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक 'पैटी', दीपिका 'मिन्नी' र अनिल कपूर 'रकी' पात्रको भूमिकामा देखिनेछन् ।
यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनावरीमा रिलिज हुँदैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google