काठमाडौं । नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ । नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’ को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन् ।
यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए । ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ ।
सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ । पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए ।
अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’ प्रदर्शन हुने जनाइएको छ। फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, विशाल पहारी र महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन् ।