गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक (भिडियोसहित)

चन्द्रकुमार बिश्वकर्मा २० माघ २०७९,१२:५०
post

चन्द्रकुमार बिश्वकर्मा, काठमाडौं । लोकप्रिय गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ । ‘गल्ली गीत मा गायक यशकुमार र  द भोइस अफ नेपालबाट चर्चामा आएकी गायीका मेचु धिमालको आवाज रहेको छ ।

उक्त गीतमा ‘तिमि लाई भेट्न तिम्रो त्यो गल्ली धाउदिन  
बिपनीका के कुरा सपनमिा पनि आउदिन’ जस्ता मन छुने शब्द छन् ।  गीतमा लय तथा शब्द गायक यशकुमारको नै रहेको छ ।  

निकेश खड्का को निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो पनि उत्कृष्ट  बनेको प्रतिक्रिया पाएको छ ।  भिडियोमा धेरै जसो नयाँ कलाकारहरुलाई स्थान दिइएको छ, भने नयाँ कलाकारहरु ले पनि उत्तिकै मिहेनत गरेको देख्न सकिन्छ । भिडियोमा गायक यशकुमार,  आयुस बराइली, रेश्मा घिमिरे, राजेश घतानीलगायतका कलाकारलाई  देख्न सकिन्छ ।

भिडियोमा एक बिछोड प्रेम काहानीलाई म  मन छुने तरिकाले प्रस्तुत गरिएको छ । उक्त गीतलाई  यस कुमार युटुबच्यानल मार्फत  सार्वजनिक गरिएको हो ।

भिडियो लिंक  https://youtu.be/iMp3cWCZXl8

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: