गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

दर्पण दैनिक २१ पुष २०८०,०९:५६
post

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।

‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङको मुख्य भूमिका रहेको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रमको सभापतितब निर्देशक हाङ चेम्जोङले गरेका थिए भने विशेष अतिथिहरू गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्र कर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायत रहेका थिए ।


कार्यक्रममा बोल्दै गीतकार आङ्बुहाङले बाँचुन्जेल गीतहरू लेखिरहने बताइन् । उनले भनिन, ‘म बाचुन्जेल निरन्तर गीत लेखिरहने छु । कलमको मसि सकिएला, तर मेरा दिलभित्रका मसीहरू सकिने छैनन् । त्यसैले बाँचुन्जेल दर्शकस्रोताहरूका लागि गीत लेखिरहनेछु ।’

यस अघि थुप्रै गीतहरू लेखिसकेकी गीतकार आङ्बुहाङ विगत केहीसमयदेखि पाठेघर क्यान्सर पीडित छिन् । हाल उपचाररत रहेकी उनले यसअघि म्युजिक भिडियोसहितको ‘मेरी आमा’ भाग- १ र भाग-२ निकालिसकेकी छन् भने उनका दुई पुस्तकसमेत प्रकाशन भएका छन् ।

विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले भने, ‘कल्पना आङ्बुहाङसँग मेरो व्यक्तिगत परिचय थिएनछ, तर, निर्देशक चेम्जोङ भाइले कल्पना आङ्बुहाङ प्रतिकुल स्वास्थ्यसँग जुधिरहनुभएको छ, जीवनसँग लडिरहनुभएको छ भनेर वहाँको परिस्थिति बताएपछि मैले मन थाम्न सकिन । कुनै पनि कार्यक्रम त्यागेर म आउँछु भनें ।’ उनले किरात लिम्भुवानभित्रका शब्दहरू यश गीतभित्र समेटिएको बताए ।

मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन गरेको उक्त कार्यक्रममा एल्बमभित्र काम गर्ने सबैलाई सम्मान गरिएको थियो । संगीतकार तारा प्रकाश लिम्बु, दिनेश बान्तावा, गायक तथा संगीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान पत्र प्रदान गरिएको हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post