‘छक्कापञ्जा ४’ पहिलो गीत सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १७ माघ २०७९,१२:४४
post

काठमाडौं । फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ । 

चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार नाचेका छन् ।  फिल्म स्वस्तिमाले यही गीतमा मात्र नृत्य गरेकी हुन् । गीतको सरप्राइजको रुपमा भने  राज आचार्यलाई देख्न सकिन्छ । दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रुपमा अभिनय गरेका राजले यो फिल्मबाट मुख्य कलाकारको रुपमा डेब्यू गर्न लागेका हुन् । 

गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर र दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र मैनालीके छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ ।  दीपकराज गिरीकै कथा तथा पटकथा रहेको फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

भिडियाे https://youtu.be/WcJ0y2K_67M

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: